Media Network

‘विशिष्टको सवारीमा डाक्टर कुटिनु निन्दनीय’: उर्जा राज्यमन्त्री सिंह


खबरस्टोरी संवाददाता

२८ माघ २०७९,शनिबार

काठमाडौँ । ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले विशिष्ट व्यक्तिको सवारीमा जनताले दुःख पाउने, डाक्टर कुटिनु निन्दनीय काम भएको बताएका छन् ।  राज्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत शनिवार आफ्नो भनाई सार्वजनिक गर्दै जनताको खुल्ला हिँडडुल गर्न पाउने मौलिक हक सङ्कुचित गर्न नहुने बताएका हुन् ।

उनले शुक्रवार भएको राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीले वीर अस्पतालका डाक्टर कुटिएकोमा चासो व्यक्त गर्दै दोषीलाई कारबाहीको समेत माग गरेका छन् । 

उनले भनेका छन्– ‘जनताको खुल्ला हिँडडुल गर्न पाउने मौलिक हक, यो या त्यो बहानामा सङ्कुचित हुन हुँदैन । विशिष्टको सुरक्षा प्रत्याभूत गर्ने गराउने क्रममा जनताले दुःख पाउनु व्यवस्थापकीय कमजोरी हो । प्रशासनले बिनाकारण त के, कारणनै भए पनि जनताको आत्मसम्मानमा ठेस पुर्‍याउने भौतिक कारबाही गर्नु हुँदैन । सुरक्षा निकायले सबै तह र तप्कामा यो संवेदनशीलता पुर्याउन जरुरी छ । डाक्टर साहब कुटिनु, निन्दनीय काम हो, दोषीलाई कारबाही र नसिहत दिँदै अब उपरान्त यस्तो घटना हुन नदिन सबै पक्षलाई अनुरोध गर्दछु ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद