Media Network

विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिए


खबरस्टोरी संवाददाता

२० जेष्ठ २०८०,शनिबार

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।

मृगौलिया घरबाट आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेका ४० वर्षीय ढकाल शनिबार बिहान ६ः५० बजेतिर विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएका हुन् ।

आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ । गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पु¥याइएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद