Media Network

यी १० प्रकारका औषधी उत्पादनमा रोक


खबरस्टोरी संवाददाता

३ पुष २०८०,मंगलवार

काठमाडौं। औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ ।विभागले प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जानकारी दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले उत्पादनमा रोक लगाएका औषधी नेपाली र भारतीय कम्पनीको भएको जानकारी दिए ।

औषधी व्यवस्था विभागले रोक लगाएका औषधीमा लिनाग्लिप्टिन २।५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी रहेको छ ।

यस्तै लिनाग्लिप्टिन २।५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २।५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद