Media Network

युटिएलसहित ३ कम्पनीको लाईसेन्स खारेज


खबरस्टोरी संवाददाता

२८ मंसिर २०८०,बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एकैपटक ३ इन्टरनेट सेवाप्रदायक कम्पनीको अनुमतिपत्र लाईसेन्स खारेज गरिदिएको छ । तोकिएको समयमा अनुमतिपत्र नविकरण नगरेपछि प्राधिकरणले युनाईटेड टेलिकम लिमिटेड युटिएल, म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरिदिएको हो ।

प्राधिकरणबाट इन्टर्नेट इ–मेल सहित०को दूरसंचार सेवा संचालन गर्न यी कम्पनीले यसअघि अनुमतिपत्र लिएका थिए । तर, अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नबिकरण वापतको दस्तुर दाखिला गरि अनुमतिपत्र नविकरणको लागि निवेदन पेश नगरेकोले ती कम्पनीहरुको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ बमोजिम स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ ।

साथै उक्त संस्थाहरुले नियमानुसार तिर्न–बुझाउन पर्ने रकम–दस्तुर तथा विवरणहरु यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी तिर्न–बुझाउन पनि प्राधिकरणले निर्देशन दिएको छ । यदि उक्त रकम नबुझाए प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाईने प्राधिकरणले चेतावनी दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद