Media Network

आरआरमा कुटपिट गर्ने ३ जना विद्यार्थी क्याम्पसबाट निष्कासित


खबरस्टोरी संवाददाता

१९ पुष २०७९,मंगलवार

काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा कुटपिट गर्ने ३ जना विद्यार्थी निष्कासनमा परेका छन् ।

पढाइ भइरहेको समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेको भन्दै रत्नराज्य लक्ष्मी क्याम्पस प्रशासनले विज्ञप्ति जारी गर्दै उनीहरुलाई निष्कासन गरेको हो ।निष्कासित हुनेमा विद्यार्थीहरु कृष्ण गिरी, सविन निरौला र जलप तामाङ रहेका छन् ।

क्याम्पस प्रमुख प्रा.डा. जीवनधर पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ .. घटनामा संलग्न विद्यार्थी कृष्ण गिरी, सविन निरौला र जलप तामाङलाई यस क्याम्पसबाट निष्कासन गरिएको र अन्य दोषीहरुलाई कानुनी कारबाही अगाडि बढाउन प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछौं।’



Share:
Reaction :
ताजा समाचार
खेलकुद