Media Network

आरआरमा स्ववियु निर्वाचन अनिश्चित, निर्वाचन अधिकृत नै सम्पर्कविहीन


खबरस्टोरी संवाददाता

३ चैत्र २०७९,शुक्रबार

काठमाडौँ । गेट बाहिर एउटा मात्र ब्यानर झुण्ड्याइएको छ । नजिकै प्रहरीको एक टोली तैनाथ छ । बाहिर पनि सुनसान, भित्र पनि उस्तै । 

कुनै बेला स्ववियु निर्वाचनको चहलपहल आरआरबाटै सुरू हुन्थ्यो । आरआरमा निर्वाचन सम्पन्न हुनु भनेको देशैभर स्ववियु निर्वाचन सम्पन्न हुनुजस्तो हुन्थ्यो । तर, अहिले क्याम्पसमा सुनसान छ भने प्रशासनमा ताला लगाइएको छ ।

स्ववियुको नाममा अनेरास्ववियुको तर्फबाट मात्र उम्मेदवारी परेको छ । अनेरास्ववियुको तर्फबाट मदन भण्डारीले सभापति पदका लागि उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट दिलिप खड्का सचिव र जन्मराज उपाध्यय कोषाध्यक्षका उम्मेदवार बनेका छन् ।

अनेरास्ववियु बाहेक अन्य कुनै पनि संगठनबाट उम्मेदवारी परेको छैन् । महेश जैशी, नविन कोइराला र जमुना निउरेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ती बाहेक नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतको तर्फबाट उम्मेदवारी परेको छैन् ।

नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच चुनावी तालमेल हुँदा आरआर अनेरास्ववियूको भागमा परेका थियो । तर, अनेरास्ववियूको केन्द्रीय नेताहरूको दबाबमा उम्मेदवारी नै दर्ता गर्न दिइएन् ।

यतिमात्र नभएर अखिल क्रान्तिकारी र नेविसंघका शीर्ष नेताहरूले समेत यो विषयमा अनेरास्ववियूको अध्यक्ष सुदेश पराजुलीलाई सम्पूर्ण जिम्मा दिएको बताउने गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनको तर्फबाट क्याम्पस प्रशासन, निर्वाचन अधिकृतको कार्यालय लगायतमा ताला लगाइएको छ । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन् । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निर्वाचन अधिकृतको राजीनामा नआउँदासम्म आफूहरूले उम्मेदवारी नदिने बताइरहेका छन् ।

‘निर्वाचन अधिकृत स्वतन्त्र नभएर अनेरास्ववियुको कार्यकर्ता भएर काम गरे । १०० देखि १५० जना गैर विद्यार्थीलाई भर्ना गराएको आरोप लगाइरहेका छन्।

निर्वाचन अधिकृत विनोद कार्की २०५५ सालको स्ववियु सभापति निर्वाचित भएको व्यक्ति भएको भन्दै उनीहरूले स्वतन्त्र व्यक्ति हुनुपर्ने माग अघि सारेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद