Media Network

अभिभावक संघको १५ बुँदे काठमाडौं घोषणापत्र जारी


खबरस्टोरी संवाददाता

१ पुष २०८०,आईतवार

काठमाडौं । नेपाल राष्ट्रिय अभिभावक संघले संविधानअनुसार शिक्षा पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने लगायत १५ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । 

संघको बाग्मती प्रदेशको दोस्रो जिल्ला अधिवेशनले शिक्षाका सवालमा विभिन्न १५ बुँदे घोषणापत्र जारी गरेको हो । ‘संविधानको भाग ३ धारा ३१ बमोजिम शिक्षा पूर्ण रुपमा निःशुल्क, वास्तविक र ब्यवहारिक गराउनका लागि माग गर्दछौं ।’–घोषणापत्रमा भनिएको छ । संस्थागत विद्यालयहरुमा आफूखुशी अनेक शीर्षक कायम गरी लिइने शुल्क बन्द गर्न पनि संघले माग गरेको छ । यस्तै राज्यको शिक्षा ऐनअनुसार घोषित १० प्रतिशत छात्रवृत्ति गर्ने गराउने विषयमा स्थानीय, प्रदेश तथा संघीय सरकारसमक्ष संघले ध्यानाकर्षण गराएको छ । 

सामुदायिक तथा संस्थागत विद्यालयहरुका ब्यवस्थापन समितिमा वास्तविक अभिभावकहरुको प्रतिनिधित्व गर्न सरकार तथा सम्बन्धित स्थानीय तहहरुसँग संघले माग गरेको छ । नेपाल अभिभावक संघले तयार गरी सार्वजनिक गरिएको अभिभावक गानलाई मुुलुकभरका विद्यालय महाविद्यालयहरुमा लागू गर्न पनि माग गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद