Media Network

अनेरास्ववियुको अध्यक्ष र महासचिवमा पाँच/पाँच जनाको उम्मेदवारी (सूचीसहित)


खबरस्टोरी संवाददाता

४ फाल्गुन २०७९,बिहीबार

काठमाडौँ । एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको १७ पदाधिकारीमा मात्रै  एक सय जना हाराहारीमा उम्मेदवारी  परेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरी १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि कुल ३ सय भन्दा बढीले उम्मेदवारी दिएका हुन् ।

अनेरास्ववियुको एक पदका अध्यक्षका लागि ५ जना र महासचिवका लागि पनि पाँचै जनाले उम्मेदवारी दिएका छन् ।  अध्यक्षमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन र समिक बडालले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ । निर्वाचन कमिटीले बिहीबार बिहान उम्मेदवारहरुको अन्तिम नामावाली सार्वजनिक गरेको छ । 

जसमा चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा उत्रेका छन् । यसैगरी महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् । १० सचिव पदका लागि लागि ६१ जनाले उम्मेदवारी दिएका छन् । यस्तै कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल उम्मेदवारी दिएका छन् । 

बिहान ८ बजेबाट मतदान हुने भनिएपनि अध्यक्ष लगायतका पदमा सहमति जुटाउन नेताहरु लागि परेकाले मतदान सुरु हुन ढिला भएको छ ।

उम्मेदवारी (सूची)


Share:
Reaction :
ताजा समाचार
खेलकुद