Media Network

अनेरास्ववियुले जित्यो आइओएम र महाराजगञ्ज नर्सिङ स्ववियु


खबरस्टोरी संवाददाता

६ चैत्र २०७९,सोमबार

काठमाडौँ।त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका उम्मेदवार आनन्द सिंह निर्वाचित भएका छन्।

उनले नेविसंघकी उम्मेदवार अविशिखा न्यौपानेलाई हराएका हुन्। यहाँ प्यानल नै अनेरास्ववियुले जितेको छ।

आनन्दले ५८६ र अविशिखाले ५८४ मत ल्याएका छन्।

यस्तै महाराजगञ्ज नर्सिङ क्याम्पस स्ववियु सभापतिमा नोबिना बस्नेत निर्वाचित भएकी छन्। यहाँ पनि प्यानल नै अनेरास्ववियुले जितेको छ। यहाँ नेविसंघकी उम्मेदवार धनुष विश्वकर्मा पराजित भइन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद