Media Network

असुरक्षा बढेको भन्दै टियुका उपकुलपतिले मागे निजी सुरक्षा गार्ड


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

काठमाडौ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्काटाले निजी सुरक्षा अधिकृतको माग गरेका छन् ।

आफुलाई असुरक्षा बढेकाले नियमानुसार निजी सुरक्षा अद्यिकृतको मागसहित बास्कोटाले उपकुलपति ,शिक्षाध्यक्ष र रजिष्ट्रारलाई दुई दुई जना सुरक्षा गार्ड व्यवस्थाका लागि आग्रह गरेका छन् ।

टियुका कर्मचारी,उपल्लो दर्जाका व्यक्तिहरु माथि पटक पटक अराजक गतिविधिसहित डर ,धम्की,देखाई कार्यलय तोडफोड सहित व्यक्तिमाथि नै हमला भैरहेको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा प्रबन्ध मिलाइदिन बास्कोटाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद