Media Network

बालेनले पाए पीएचडीका लागि फेलोसिप


खबरस्टोरी संवाददाता

२१ श्रावण २०८०,आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीएचडीका लागि फेलोसिप पाएका छन् ।

उनलाई काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको हो ।

शाहले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवाः सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्ने भएका हुन् ।

सोको जानकारी शाहले आफ्नो फेसबुकमार्फत दिएका छन् ।

प्रमुख शाहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद