Media Network

बानेश्वर पुगेर सडकमै सुते राहत शिक्षक


खबरस्टोरी संवाददाता

८ आश्विन २०८०,सोमबार

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार निरन्तरता दिदै सडकमै सुतेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।

बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध जनाएका थिए ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद