Media Network

चुनावमा एक हप्ता विदा दिने त्रिभुवन विश्वविधालयको तयारी


खबरस्टोरी संवाददाता

१६ कार्तिक २०७९,बुधबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चुनावको समयमा एक हप्ता विदा दिने तयारी गरेको छ ।जाडोको विदामा समायोजन गर्ने गरी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा विदा दिन लागेको हो।

चुनावका बेला विद्यार्थीहरु पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरुमा मतदान केन्द्रहरु परेको भएकोले एक हप्ता विदा दिने तयारी गरेको छ ।

क्याम्पसहरुमा पोलिङ सेन्टरहरु परेकोले एक हप्ता विदा दिने तयारी हो ।’ विदा कहिलेदेखि कहिलेसम्म दिने भन्ने निर्णय भइनसके पनि मंसिर १ देखि ६ सम्म विदा हुने सम्भावना रहेको छ ।

विद्यार्थीहरुले जाडो बिदा चुनावको समयमा दिन आग्रह गरेपनि प्राध्यापकहरुले चुनावको समयमा लामो विदा दिन नहुने सुझाव दिएपछि जाडो महिनाको विदा नियमित समयमा नै दिने र चुनावमा एक हप्ता विदा दिने तयारी गरिरहेको हो । त्रिविले पुस १५ पछिदेखि जाडो विदा दिँदै आएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद