Media Network

छात्रालाई दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड


खबरस्टोरी संवाददाता

४ श्रावण २०७९,बुधबार

काठमाडौं । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन्। स्नातक तह दोस्रो बर्षको परिक्षामा सहभागी छात्रालाई भित्री वस्त्र खोल्न लगाएको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका हुन् । हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा विद्यार्थी संगठनहरुले बुधबार बिहान तोडफोड गरेको प्रहरीले जनाएको छ । उक्त तोडफोडका कारण क्याम्पसको झ्यालको सिसा फुटेका छन् । क्याम्पसलाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । 

चिट ल्याएको भन्दै क्याम्पसका परिक्षा गार्डले छात्रालाई दुर्व्यवहार गरेकोआरोपमा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायतका संगठनको नेतृत्वमा बिहानै देखी प्रदर्शन जारी छ । 

पिडित छात्राले आफु महिनावारी भएको र प्याड प्रयोग गरेको भन्दा समेत गार्डले प्याडमा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको आरोप लगाएकी छिन् । विद्यार्थीहरुले अनैतिक कृयाकलापमा संगलग्न गार्डलाई कडा कारवाही गर्न माग गरेका छन् । माग पुरा नभए सम्म प्रदर्शन जारी रहन्छ विद्यार्थीहरको भनाई छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद