Media Network

डी.ए.भी. देवनागरी दिवस सम्पन्न


खबरस्टोरी संवाददाता

१२ फाल्गुन २०७९,शुक्रबार

काठमाडौं।डी.ए.भी. सुशील केडिया विश्व भारती विद्यालयले २४ औँ अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा देवनागरी दिवस विद्यालयका प्राङ्गणमा फागुन १० गते भव्य रुपमा सम्पन्न गरेको छ । 

विभिन्न भाषाका लब्ध—प्रतिष्ठित व्यक्तित्व र काठमाण्डौँ उपत्यकाका १८ विद्यालयहरुका शिक्षक र विद्यार्थीहरु माझ डी.ए.भी. विद्यालयको नेपाली, संस्कृत र हिंदी भाषा विभागहरुको समन्वयमा देवनागरी दिवस मनाइएको हो । उक्त अवसरमा सहभागी विद्यालयहरुले संस्कृत श्लोकवाचन, नेपाली–हिंदी कविता लेखन, निबन्ध लेखन र वक्तृत्वकला विधाहरुमा आफ्नो प्रतिभा प्रर्दशन गरेका थिए । 

अन्तरविद्यालय प्रतिस्पर्धाहरुमा डी.ए.भी. अप्रतिस्पर्धी रहेपनि डी.ए.भी. आबद्ध विद्यार्थीहरुले संस्कृत, नेपाली र हिंदी लगायत विभिन्न मातृभाषाका साहित्य, सस्कृति, कला र रितिरिवाज झल्काउने नृत्य एंव कलाकौशलता प्रर्दशन गरेका थिए । डी.ए.भी. विद्यार्थीहरु प्रस्तुत भएका संस्कृत स्वागत गित, नवरस झल्किने  थेमेटीक शिबताण्डब, थारु भाषा र संस्कृतिको मघाँैटा नाँच र मगर भाषा र संस्कृति बोकेको टप्पा नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो । 

कार्यव्रmमलाई संबोधन गर्दै विद्यालयका अध्यक्ष श्री अनिल केडियाले डी.ए.भी. अङग्रेजी माध्यम विद्यालय भएपनि स्थापनाकालदेखि देवनागरी भाषाहरु अध्ययन–अध्यापन भइरहेको जानकारी गराउनु भयो ।  उपस्थित सम्पूर्ण सहभागीहरुलाई डी.ए.भी. विद्यालयले संस्कृत भाषाको विकासमा अनवरत रुपमा लागिपरेको र विद्यालयले अध्यापन गराउँदै आएको पाली भाषालाई समेत समेटेर अघि बढ्न सुझाब दिनुभयो । सोही अवसरमा उहाँले जननी, मातृभाषा र शिक्षण प्रव्रिmयाको अन्तरसम्बन्धको चर्चा गर्दै मातृभाषा मानव इतिहासको धरोहर रहेको र पुस्तान्तरण प्रव्रिmयामा भाषाको सवलीकरण गर्ने सवालमा  शैक्षिक संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । त्यसैगरि नेपाल संस्कृत विश्वविद्यालयका उप–कुलपति प्रा.डा. यादव प्रकाश लामिछानेले विद्यार्थीहरुको प्रतिभाको उच्च प्रशंसा गर्दै विद्यालयको देवनागरी भाषाको एकिकृत मञ्चमा सहभागी हुन पाउँदा हर्षित भएको बताउनुभयो । उहाँले भाषा र लीपिको विकास भएमात्र शिक्षण प्रव्रिmया अगाडी बढ्न सक्ने बताउनु भयो ।

साथै उपस्थित सबै वक्ताहरुले भाषा, संस्कृति र परम्पराको सम्वाहक भएको चर्चा गर्दै शिक्षण प्रव्रिmयाको सरलता र प्रभावकारिताको लागि मातृभाषामा शिक्षण प्रव्रिmया आवश्यकता रहेको बिचार व्यक्त गर्नुभएको थियो । 

नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. नवराज कट्टेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागका सह–प्राध्यापक डा.कर्नाखर खतिवडा र त्रिभुवन विश्वविद्यालय हिंदी केन्द्रीय विभागकी डा.मंचला झा  बिच शिक्षण प्रव्रिmयामा मातृभाषाको भुमिका विषयमा अन्तरव्रिmया समेत भएको थियो । उहाँहरुले ज्ञानको प्रस्फुटनमा चिन्तन र मनन देखि अभिव्यक्तिको तहमा अन्य भाषाको तुलनामा मातृभाषा प्रभावकारी रहेको र अध्ययन–अध्यापन प्रव्रिmया सरल र छिटो छरितो ढङ्गले अगाडी बढ्ने तथ्य र तथ्याङ्कहरु प्रस्तुत गर्नुभएको थियो । सोहि अवसरमा मृत र जीबन्त भाषाको बारेमा समेत अन्र्तव्रिmया भएको थियो । 

विकशित राष्ट्रहरुले विभिन्न मातृभाषा लगायत राष्ट्रिय भाषाको संरक्षण गर्न सफल भएपनि बिकाशोन्मुख र अल्पविकशित राष्ट्रहरुको मातृभाषाको सुचि प्रत्येक दशकमा घट्ने क्रममा रहेको तथ्याङ्कहरु प्रकास पारिएको थियो । नेपालमा प्रत्ययक जातजातिको आफ्नै भाषा र लिपि रहेका छन् त्यसैअनुसार विभिन्न मौलिक संस्कृति र रितिरिवाज रहेको र ती सवै राष्ट्रकै अमुल्य सम्पति समेत रहेको सन्दर्भमा, विभिन्न विद्यालयहरु र  विश्वविद्यालयहरु एक ठाउँमा उपस्थित भई अन्तरव्रिmया हुनु निकै सुखद रहेको सहभागीहरुले बताए । विज्ञान, प्रविधि, संचार लगायत सर्वत्र अङ्ग्रेजी भाषाको प्रभाव रहंदा रहंदै पनि विश्वका बिभिन्न शक्ति राष्ट्रहरु जस्तै कोरिया, जापान, जर्मन, फ्रान्स चिन रसियाले आफ्नै भाषा सस्कृतिको जगेर्ना गरेका  उदाहरणहरु अन्तरव्रिmया कार्यव्रmममा अभिव्यक्त भएका थिए । 

समापन समारोहमा देवनागरी दिवसको विभिन्न अन्तरविद्यालय प्रतिस्पर्धाका सर्वोत्कृष्ट, उत्कृष्ट र उत्तम विद्यार्थीहरुका साथै सम्पूर्ण प्रतिस्पर्धीहरुलाई पुरस्कार र प्रशंसा पत्रद्वारा सम्मान गरियो । कार्यव्रmममा आमन्त्रित पाहुनाको स्वागत र सत्कारको लागि विद्यालयकी प्राचार्य डा.भुवनेश्वरी राव, उप–प्राचार्य श्री रामचन्द्र खनाल लगायत सम्पूर्ण व्यवस्थापन समितिको उपस्थिति रहेको थियो । 

यसअघि डी.ए.भी. विद्यालयले विद्यालयका प्र्रमुख प्रशासकिय अधिकृत एवं सस्कृत भाषाका विद्वान स्वर्गिय जनार्दन  घिमिरेको अगुवाईमा देवनागरी जागरण सम्मेलन यहि गतिका साथ भव्यहरुपमा सम्पन्न गरेको थियो । देवनागरी भाषा लगायत नेपाली मौलिक भाषा संस्कृति, भेषभुषा, रितिरिवाज र परम्पराको जर्गेना गर्ने यस अनवरत अभियानको नेतृत्वकर्ता विद्यालयकी प्राचार्य एवं अङ्ग्रेजी भाषाकी विद्वान डा. भुवनेश्वरी रावको नेतृत्वप्रति सम्पूर्ण देवनागरी भाषाका विभागाध्यक्ष लगायत सम्पूर्ण विद्यालय परिवार कृतज्ञ र अनुग्रहित रहेको जनाएका छन् । 

प्राचार्य रावले बिभिन्न अवसरहरुमा विद्यार्थीहरुको सिकाई प्रव्रिmया र उनीहरुको क्षमता र सिर्जनशिलता प्रस्फुटन हुने सन्दर्भमा मातृभाषा थप प्रभावकारी हुनसक्ने राय व्यक्त गर्दै आउनु भएको छ । साथै परम्परागत ज्ञानको शिक्षण प्रव्रिmयामा मातृभाषाको अतुलनिय भुमिका रहेको बताउनु भयो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद