Media Network

एलिक्सर एकेडेमीद्धारा अभिमुखीकरण तालिम सम्पन्न


खबरस्टोरी संवाददाता

६ भाद्र २०७९,सोमबार

काठमाडौ । एलिक्सर एकेडेमीले नयाँ शैक्षिक तहमा आगन्तुक विधार्थीहरुलाई अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।

जहाँ आफ्नो सिकाइ यात्रा सुरु गर्ने वा जारी राख्ने छनौट गर्ने सबै विद्यार्थीहरूले पूर्व कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, व्यापार अध्ययन, अनिवार्य विषयहरु लगायतका तहहरुमा अध्ययन गर्न सक्नेछन् ।

कार्यक्रममा बोल्दै एकेडेमीका फाउन्डर प्रिन्सिपल रविन दाहालले ब्यक्तिगत सिकाइमा आफ्ना कुराहरु बिद्यार्थीहरुलाई थप सिक्ने अवसरहरु सदुपयोग गर्ने बताए  ।

 यसले उनीहरूलाई विभिन्न दृष्टिकोण र रणनीतिहरू अभ्यास गर्ने, उनीहरूका उपलब्धिहरू प्रतिबिम्बित गर्ने र चुनौतीहरूलाई कसरी नेभिगेट गर्ने भन्ने कुरा बुझ्ने मौका दिने र अन्ततः उनीहरूलाई विश्वविद्यालय अनि विद्यालयभन्दा बाहिरको जीवनमा सफल हुन भुमिका खेल्ने बताए ।

एलिक्सर एकेडेमी काठमाडौंको कुमारीगाल खरिबोटमा सन् २००९ मा प्रवुद्ध व्यक्तिहरुको संलग्नतामा खुलेको शिक्षण संस्था हो,। नयाँ पुस्तामा देखिएको अध्ययनको चाहाना पूरा गर्ने उद्धेश्यले खोलिएको यो शिक्षण संस्थाबाट हालसम्म एसईईमा१२औं व्याज पासआउट भएका छन् भने प्लस टूमा चौथो ब्याच अध्ययनरत छ ।

 समय सापेक्ष शिक्षा र विश्व परिवेशसँग मिल्ने शिक्षा प्रदान गर्दै आएको एलिक्सार एकेडेमीले शिक्षामा नयाँ परिवर्तन ल्याउन र परिवर्तन महसुश गर्न चाहानेहरुका लागि उपयुक्त शैक्षिक गन्तव्यका रुपमा आफुलाई स्थापित गराएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद