Media Network

एमालेको भातृ संगठन अखिलको २३औं महाधिवेशन आजबाट सुरु हुँदै


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७९,मंगलवार

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च अनेरास्वियुको महाधिवेशन आजबाट सुरु हुने भएको छ। 

लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ।निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिशन हुन लागेको हो। यो दुई दिनसम्म चल्ने बताइएको छ।

महाधिवेसले जसले १९९ सदस्सीय केन्द्रीय समिति गठन गर्दैछ ।मंगलबार अपरान्ह १२ः३० मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा सहभागी हुन देशभरीवाट १०८० प्रतिनिधिले सहभागिता जनाउने बताईएको छ ।

अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद