Media Network

एनओसी लिन पुनः आवेदन दिनुपर्ने, मंसिर २२ यताको डेटा रिकभर भएन


खबरस्टोरी संवाददाता

२ पुष २०८०,सोमबार

काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)का लागि मंसिर २२ गतेदेखि आवेदन दिएका विद्यार्थीहरुले पुनः निवेदन दिनुपर्ने भएको छ ।वैदेशिक अध्ययन अनुमति पत्र शाखाको सर्वर बिहीबार साढे १० बजे डाउन भएको थियो । त्यही कारण चार दिनदेखि एनओसी जारी हुन सकेको थिएन ।
शाखाका प्रमुख शान्तिराम पौडेलका अनुसार अहिले पनि सर्भर रिकभरको काम भइरहेको छ । २२ मंसिरभन्दा अगाडि आवेदन दिएका विद्यार्थीहरुको ७५ प्रतिशत डेटा रिकभर भएको छ । त्यसैले उनीहरुलाई एनओसी दिन थालिएको छ ।
तर २२ मंसिर गतेयताको डेटा भने रिकभर भएको छैन । यसका लागि प्रयास भइरहेको उनले बताए ।
पौडेलले भने, ‘मंसिर २२ यता आवेदन दिएकाहरुलाई पुनः आवेदन दिनुस् भनेका छौं । उहाँहरुको ओरिजिनल डकुमेन्ट भौतिक रुपमा रुजु गरेर एनओसी दिन्छौं ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद