Media Network

एसईईको नतिजा यो साता आउने, ननग्रेडेडले ११ कक्षा पढ्न नपाउने


खबरस्टोरी संवाददाता

८ श्रावण २०७९,आईतवार

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो साता आउने भएको छ । यसै साता प्रकाशन गर्ने तयारीमा रहेका एसईईमा ननग्रेडेड (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् । 

कक्षा ११ मा भर्ना हुन ननग्रेडेड उल्लेख नभएको हुनुपर्छ । ननग्रेडेड अंक नकटाएसम्म एसईई उत्तीर्ण भएको प्रमाणपत्र नपाउने भनी लेटर ग्रेडिङ पद्धति कार्यविधि २०७८ मा सो व्यवस्था छ ।

कार्यविधिअनुसार सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक अनिवार्य ल्याउनुपर्नेछ । सय पूर्णाङ्कको विषयको परीक्षा दिएमा सैद्धान्तिकमा २६ दशमलव २ र प्रयोगात्मकमा १० अंकभार ल्याउनैपर्छ । अर्थात् सैद्धान्तिक परीक्षामा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ग्रेड ल्याउनुपर्ने अनिवार्य व्यवस्था छ । अघिल्लो वर्ष सैद्धान्तिकमा कम अंक ल्याएर प्रयोगात्मकमा बढी अंक ल्याए उत्तीर्ण हुन सक्ने व्यवस्था थियो ।

राष्ट्रिय परीक्षा बोर्डले समग्रमा प्रत्येक विषयमा कम्तीमा ‘डी’ ग्रेड प्राप्त नगरेकोलाई प्रमाणपत्रसमेत नदिने जनाएको छ । ती विद्यार्थीले माग गरेमा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट एभरेज) उल्लेख नगरी ननग्रेडेड मात्र उल्लेख गरी ग्रेड सिट दिने व्यवस्था छ । यो वर्ष डी प्लस, ई प्लस र ई समूह हटाइएको छ ।

बोर्डले गएको वर्षको लब्धाङ्कपत्रमा सबै विषयमा परीक्षा दिएको उल्लेख गरेर मूल प्रमाणपत्र उपलब्ध गराएको थियो । 

केही वर्षयतादेखि पनिकाले लब्धाङ्कपत्रमा प्रयोगात्मक र सैद्धान्तिक परीक्षाको अंक जोडेर ग्रेड प्वाइन्ट एभरेज (जीपीए) उल्लेख गर्दै आएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद