Media Network

गुल्मीको रेसुंगा क्याम्पसमा आर्थिक संकटकाल घोषणा


खबरस्टोरी संवाददाता

१ भाद्र २०७९,बुधबार

काठमाडौं । ४० वर्षअघि स्थापना भएको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसमा पहिलो पटक आर्थिक संकट उत्पन्न भएको छ । आर्थिक संकट उत्पन्न भएपछि  २०३९ सालमा स्थापना भएको यो क्याम्पसले आर्थिक संकटकाल नै घोषणा गरेको छ ।

सोमबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले आर्थिक अभावको कारण क्याम्पस सञ्चालन गर्नै समस्या भएको भन्दै ‘आर्थिक संकटापन्न अवस्था’ घोषणा गरेको क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए । कोभिड–१९ महामारीका कारण शैक्षिक सत्र लम्बिएको, विद्यार्थी संख्या कम भएको लगायतका कारण आर्थिक संकटमा परेको क्याम्पस प्रमुख केसीको भनाइ छ । 

अहिले क्याम्पसको समस्या समाधान गर्नको लागि तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ । सञ्चालक समिति उपाध्यक्ष धर्म विश्वकर्माको संयोजकत्वमा बनेको अध्ययन समितिले कोभिड–१९ को बेलाको खर्चको व्यवस्थापन कसरी गर्ने, क्याम्पसमा भएका खर्च कटौती कसरी गर्न सकिन्छ, १० वर्षअघि लगाएको महायज्ञमा घोषणा भएको चन्दा रकम उठाउनका लागि अब के गर्न सकिन्छ लगायतको विषयमा प्रतिवेदन तयार गर्नेछ ।

क्याम्पसमा २४ जना शिक्षकमध्ये एक जना सहप्राध्यापक, १० जना उपप्राध्यापक र सात जना आंशिक प्राध्यापक छन् । उनीहरुलाई २०७८ चैत महिनादेखि २०७९ असार मसान्तसम्मको तलब भत्तावापत एक करोड ३५ लाख रुपैयाँ दिन बाँकी छ ।

अहिले क्याम्पस चरम आर्थिक संकटमा परेकोले सरोकारवालाहरुलाई जानकारी दिन संकटकाल घोषणा गरेकोमा भने प्राध्यापकहरुले आपत्ति जनाएका छन् । सञ्चालक समितिले बिना छलफल संकटकाल घोषणा गरेको भन्दै घोर भत्र्सना संघका सभापति यमबहादुर थापा क्षेत्रीले बताए । संघका सभापति यमबहादुर थापा क्षेत्रीले आपसमा छलफल गरेर संकटपूर्ण अवस्थाबाट निकाल्न सकिने सम्भावना हुँदा हुँदै सञ्चालक समितिले आफैं घोषणा गरेको दाबी गरे ।

क्याम्पसलाई समस्यामुक्त गर्नको लागि विभिन्न उपाय लगाउने क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद