Media Network

गर्मी बढेसँगै मोरङ–सुनसरीका विद्यालय बन्द


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०८०,बिहीबार

विराटनगर । केही दिनयता अत्यधिक कर्मी बढेपछि विराटनगर र सुनसरीमा विद्यालयहरू बन्द भएका छन् । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो थियो ।

सुनसरी सदरमुकाम इनरुवासहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।

इनरुवा नगरपालिकाले बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि र भोक्राहा नरसिंह गाउँपालिकाले १८ गतेदेखि २३ गते मंगलबारसम्मका लागि बिदा दिएको हो ।

इटहरी उपमहानगरले आज र भोलि बिदा दिने निर्णय गरेको छ ।

यस्तै विराटनगर उपमहानगरपालिकाकाले गर्मीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना बढेको भन्दै आज र भोलि महानगरपालिका क्षेत्रका सबै सार्वजनिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद