Media Network

हायर एजुकेसन फेयरमा विधार्थीको रोजाईमा सिबीएम


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

काठमाडौं । राजधानीमा ‘आठौं नेपाल हायर एजुकेसन फेयर २०२२’ सम्पन्न भएको छ । 

एभरेष्ट होटलमा २दिन सम्म चलेको उक्त्त फेयर प्लस २ सकेर घर बसेका र नेपालमै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालन गरिएको थियो । ५० भन्दा बढी कलेजहरुले सहभागिता जनाएको मेलामा राजधानीका विभिन्न कलेजहरुले उत्कृष्ठताको परिचय दिदै विधार्थीहरुलाई स्वागत गरेका थिए ।

यसै सन्दर्भमा शैक्षिक क्षेत्रमा नयाँ पहिचान सहित आम विधार्थीहरुको रोजाईमा पर्न सफल सिबीएम कलेजले पनि विधार्थीहरुलाई काउन्सिलिङ सहित दक्ष सञ्चालक, शिक्षक र शैक्षिक वातावरणमा अध्यापन हुने कलेजको रुपमा आफुलाई उभ्याएको छ ।


व्यवहारिक र वैज्ञानिक शैक्षिक पद्धतीलाई अनुसरण गरेको सिबीएमले शैक्षिक गतिविधिहरुका साथै अतिरिक्त्त क्रियाकलापहरु मार्फत पनि विधार्थीहरुलाई अध्ययन अध्ययापन गराईने कलेजका सञ्चालक रञ्जित हमालले बताए । मेलामा सहभागी अधिकाशं विधार्थीहरुले कलेजमा पढाई हुने फरक फरक फ्याकेलेटी तर्फ आकर्षित र चासोको रुपमा लिएको हमालले बताए । 


आगामी दिनहरुमा पनि यस्ता एजुकेशन फेयरहरुमा कलेजको सहभागिता रहने र आम विधार्थीहरुलाई यस खालका शैक्षिक गतिविधिहरुमा संम्लग्न हुन आग्रह समेत गरेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद