Media Network

इन्जा वौद्धिक अनुसन्धानवृत्ती नेपाल र तिवारीलाई


खबरस्टोरी संवाददाता

४ फाल्गुन २०७९,बिहीबार

काठमाडौं।नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा) ले हरेक बर्ष प्रदान गर्दै आएको वौद्धिक अनुसन्धानवृति पुरस्कार संचार क्षेत्रमा लामो समयदेखि कार्यरत दुुई जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । 

स्वर्गीय शुकदेव शाहको स्मृतीमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृति पुरस्कार त्रिभुवन विश्वबिद्यालयबाट पत्रकारिता तथा आम सन्चार बिषयमा बिद्यावारिधी (पिएचडी) गर्दै गरेका जगत नेपाल र पत्रकारिता तथा आम सन्चार बिषयमा त्रिभुवन विश्वबिद्यालयबाट दर्शनार्चाय (एमफिल) गर्दै गरेका माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको छ । 

त्रिभुवन विश्वविद्यालय पत्रकारिता बिभागका प्रमुख चिरन्जिवी खनालको संयोजकत्वमा गठित सिफारिस समितिले उक्त निर्णय गरेको हो । बौद्धिक अनुसन्धानवृतिबाट सम्मानित हुने नेपाल हाल त्रिभुवन विश्वबिद्यालयको पत्रकारिता बिभागमा उपप्राध्यापकको रुपमा कार्यरत रहेका छन् । २०५४ सालबाट पत्रकारिता शुरु गरेका नेपालले सुरुची साप्ताहिक, नेपाल वाणी साप्ताहिक, रेडियो नेपाल, कान्तिपुर टिभी लगायत बिभिन्न संचार माध्यममा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका थिए । उनले हालसम्म ५ वटा पुस्तक प्रकाशित गरिसकेका छन् । 

त्यसैगरी बौद्धिक अनुसन्धानवृतिबाट सम्मानित हुने तिवारीले २०५७ सालबाट पत्रकारिता गरेका थिए । भित्ते पत्रिकाबाट पत्रकारिता शुरु गरेका तिवारीले रुपरेखा साप्ताहिक, माउन्टेन टिभी, अनलाइन खवर डटकम, ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको सम्पादकको रुपमा कार्यरत रहेका छन् । 

उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद