Media Network

इन्जिनियरिङको नयाँ शुल्क तोकियो, कात्तिक १५ मा प्रवेश परीक्षा


खबरस्टोरी संवाददाता

२१ आश्विन २०८०,आईतवार

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले सिभिल र आर्किटेक्चर इन्जिनियरिङको नयाँ शुल्क तोकेको छ । नयाँ शुल्क चार लाख ९० हजार रुपैयाँ कायम गरिएको आईओईका सहायक डिन डा. चिन्तामणि पोख्रेलले बताए ।

बढेको शुल्कअनुसार अब यी दुई विषयको चारवर्षे स्नातकको पूर्ण शुल्क चार लाख ९० हजार रुपैयाँ पु¥याइएको हो । यसअघिको पूर्ण शुल्क तीन लाख १८ हजार रुपैयाँ थियो ।

शुल्कको टुंगो लागेसँगै यी दुई बीईको प्रवेश परीक्षा कात्तिक १५ गते हुने भएको छ । यसअघि, आईओईले बढाएर सात लाख ७७ हजार ४२० रुपैयाँ पु¥याउने निर्णय गरेसँगै शुल्क विवाद निस्किएको थियो। शुल्क विवादकै कारण आईओईले भदौ १९ र असोज २२ गतेदेखि सञ्चालन गर्ने भनिएको प्रवेश परीक्षा दुईपटक स्थगित गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद