Media Network

कक्षा १२ को नतिजा आजै प्रकाशित हुने


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

कठमाडौँ।कक्षा १२ को नतिजा आजै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोड अनुसार कुनै प्राविधिक समस्या नआए नतिजा आज गर्ने भएको हो ।

गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाको नतिजा सम्भव भएसम्म आजै प्रकाशन गर्ने गरी लागिरहेको छ । 

आज सम्भव नभएको खण्डमा भोलि प्रकाशन हुनेछ । 

उक्त परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी थिए ।  यो पटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार नतिजा प्रकाशित गर्न लागेको छ । उक्त निर्देशिका अनुसार यसपालिको नतिजामा नन–ग्रेडिङ लागू हुनेछ । विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन–ग्रेडिङ समेत लागू हुनेछ । त्यस्तो भएमा विद्यार्थीले पुनः परीक्षा दिनुपर्नेछ ।

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद