Media Network

कक्षा १२ को नतिजा भदौ १५ भित्र आउने


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी भईरहेको बताएका छन् । अध्यक्ष शर्माले १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएर काम गरिरहेको बताए ।

उनले भने, ‘योजना भित्रै नतिजा निकाल्न सकिन्छ भनिरहनुभएको छ साथीहरुले । अब १५ गतेभित्र नतिजा सार्वजनिक हुन्छ ।’ परीक्षा नियन्त्रण कार्यलय ९कक्षा १२० ले लगभग अन्तिम चरणमा पुगेको जानकारी दिएको उनको भनाइ छ ।

कार्यालयले यसपटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जस अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ ।

तोकिएको अङक भन्दा कम अंक ल्याएमा एनजी ९नन ग्रेडेड० लेखिनेछ । एनजी लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गरिएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद