Media Network

कक्षा १२ को परीक्षा आगामी वैशाख पहिलो साता हुने


खबरस्टोरी संवाददाता

१६ आश्विन २०८०,मंगलवार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जानकारी दिएको हो ।

परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ । नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको योजना छ । त्यस्तै कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो हप्तामा गर्नुपर्ने जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद