Media Network

कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा बुधबार प्रकाशित गर्ने भएको छ । मंगलबार नै परीक्षफल प्रकाशित गर्ने तयारी गरे पनि ढिला भएपनि स्थगित गरिएको थियो । बोर्डले मंगलबार साढे ४ बजे गर्ने गरी सबै तयारी पूरा गरेको थियो ।

तीजको दिन पनि भएका कारण परीक्षार्थीलाई पनि समस्या हुने प्रतिक्रिया आएपछि मंगलबार दिउँँसो साढे २ बजे बोर्डले परीक्षाफल आजलाई स्थगित गरिएको भन्दै सबै सदस्यलाई म्यासेज पठाएको थियो ।

सोमबार राती सबै प्रक्रिया पूरा गरेर मंगलबार परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डका कर्मचारीलाई बिदा दिइएको थियो । सबैजसो सञ्चारमाध्यमले मंगलबार परीक्षाफल प्रकाशित हुने भन्दै समाचार सम्प्रेषण गरेका थिए । नेपाल टेलिकमले समेत दुईपटकसम्म नतिजा हेर्न सकिने विधिका बारेमा मोबाइलमा सन्देशसमेत पठाएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद