Media Network

कक्षा ११ को रजिस्ट्रेशन आवेदन फारम खुला


खबरस्टोरी संवाददाता

२१ मंसिर २०८०,बिहीबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ ।बोर्डले सूचना जारी गर्दै शैक्षिक वर्ष २०८०र८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आउँदो पुस १५ गतेभित्र आवेदन फारम भर्न भनेको हो । बोर्डका अनुसार पुस १५ भित्र आवेदन बुझाउँदा ४ सय रुपैयाँ शुल्क लाग्नेछ । त्यसपछि पुस मसान्तभित्र बुझाउँदा दोब्बर शुल्क ८ सय रुपैयाँ लाग्ने बोर्डले जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचनाअनुसार माध्यमिक शिक्षा परीक्षा एसईईमा न्यूनतम १ दशमलव ६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने र त्यसैका आधारमा रजिस्ट्रेशन फारम भर्नुपर्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद