Media Network

काठमाडौं महानगरको विद्यार्थी छात्रावृतिमा चित्त नबुझे आज निवेदन दिन सकिने


खबरस्टोरी संवाददाता

३० श्रावण २०८०,मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रावृति पाउने विद्यार्थीको अन्तिम सूचीमा चित्त नबुझे पून: आज निवेदन दिन आह्वान गरेको छ ।महानगरपालिकाले सूचना जारी गर्दै पहिलो भर्ना सूचीमा चित्त नबुझे निवेदन दिन आग्रह गरेको हो । 

पहिलो चरणमा सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ भने भदौ ३ गते दोस्रो चरणको नतिजा प्रकाशन गर्ने महानगर शिक्षा विभागको तयारी छ । त्यसअघि नै महानगरले निवेदन मागेको हो ।

महानगरको शिक्षा विभागले गरेको सिफरिस विरुद्ध चित्त नबुझेका विद्यार्थीले म्याचिङको नतिजामाथि कारवाहीको माग गर्दै निवेदन दिएको जनाएको छ । त्यस्ता निवेदनमाथि छानबिन भैरहेको जनाउँदै महानगरले अन्यलाई पनि आज साँझ ५बजे ( एक दिन ) सम्म निवेदन दिने समय दिएको हो ।

कक्षा ११ को छात्रवृत्तिका लागि साउन २० गते महानगरले लिएको परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची सोमबार प्रकाशन गरेको छ । जसमा विज्ञान विषयमा १४ सय ५२ जना, व्यवस्थापन विषयमा ७ सय ४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङ्मा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना गर्न पाउँनेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद