Media Network

काठमाडौं महानगरले माग्यो कक्षा ११ मा छात्रवृत्ति परीक्षाको आवेदन


खबरस्टोरी संवाददाता

२८ असार २०८०,बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ ।

काठमाडौं महानगरपालिकाभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०।०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि महानगरले आवेदन आह्वान गरेको हो ।महानगरले आज सूचना प्रकाशित गरि आवेदन मागेको हो ।

आवेदन असार २८ गते बिहीबार बिहान १० बजेदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइट  मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने महानगरले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।परीक्षा साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुने पनि सूचनामा उल्लेख गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद