Media Network

खुला विश्वविद्यालय अध्ययन गर्नेले पनि कानुन व्यवसायी बन्न पाउने, यस्तो छ सर्वोच्चको आदेश


खबरस्टोरी संवाददाता

७ पुष २०८०,शनिबार

काठमाडौ । सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण विद्यार्थीलाई पनि कानुन व्यवसायीको इजाजत परीक्षामा सहभागी गराउन आदेश जारी गरेको छ।खुला विश्वविद्यायबाट दीक्षित विद्यार्थीलाई सहभागी नगराई परीक्षा नगर्न पनि पनि सर्वोच्चले भनेको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरी कानुन व्यवसायी परिषद्ले पुस १३ र १४ गतेका लागि तोकेको परीक्षा पनि रोकिदिएको छ। परिषद्ले खुला विश्वविद्यालयले कानुन शिक्षाका मापदण्ड पूरा नगरेको भन्दै त्यहाँबाट दीक्षित विद्यार्थीलाई अधिवक्ताको परीक्षामा सहभागी नगराउने निर्णय गरेको थियो। सर्वोच्चले उक्त निर्णयलाई निष्क्रिय बनाइदिएको छ।   

सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार खुला विश्वविद्यालयका विद्यार्थीलाई परीक्षामा सामेल हुनबाट वञ्चित नगर्न नेपाल कानुन व्यवसायी परिषद्का नाममा अन्तरिम आदेश दिएको हो।परिषद्को नियमावली संविधानसँग बाझिएको भनी केही विद्यार्थीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद