Media Network

लोक सेवा आयोगद्धारा शाखा अधिकृतको परीक्षा स्थगित


खबरस्टोरी संवाददाता

२४ माघ २०७९,मंगलवार

काठमाडौं । आगामी माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ ।

लोकसेवा आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो ।

आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद