Media Network

ललितपुरका ८ वटा बोर्डिङ स्कुलमा क्रान्तिकारीद्वारा तालाबन्दी


खबरस्टोरी संवाददाता

३१ श्रावण २०७९,मंगलवार

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले ललितपुरका ८ वटा निजी विद्यालयमा तालाबन्दी गरिदिएको छ । 

अखिल (क्रान्तिकारी)ले ललितपुरका नाइटिङ्गल, रेडियन्ट, डिएभी, लिटिल एन्जल, युनाइटेड, प्रिमियर, जेम्स, युलेन्स लगायतका स्कूलहरुमा अनिश्चितकालीन तालाबन्दी गरेको जनाएको छ । क्रान्तिकारीले लगाइदिएको ताला कुपण्डोलस्थित नाइटिङ्गलसहित केही स्कुलले भने ताला तोडिदिएका छन् ।  

क्रान्तिकारी ललितपुरका अध्यक्ष ईश्वरसिंह साउदले प्रेस विज्ञप्ति जारी गरी शैक्षिक रुपान्तरणमा अटेर गर्ने ललितपुरका ८ वटा स्कूलमा तालवान्दी गरेको र एउटा स्कूलमा सांकेतिक कारबाही समेत गरेको जानकारी दिएका छन् ।

संगठनले ३/४ महिनादेखि शैक्षिक रुपान्तरणका लागि आन्दोलन गर्दै आएको, नगरशिक्षा, शिक्षा इकाई प्याब्सनलगायत सरोकारवालासँग ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नगरी अटेर गरेका कारण ती शैक्षिक संस्थाहरुमा अनिश्चितकालीन तालाबन्दी गरेको साउदले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ललितपुरको कुपण्डोलमा रहेको नाइटिङ्गल लगायतका स्कूलले तालाबन्दी अवज्ञा गरेका कारण सांकेतिक कारबाही गरेको समेत विज्ञप्तिमा जनाइएको छ । संगठनका मागहरुको सुनुवाइ नगरे निजी स्कूलका विरुद्ध आन्दोलनलाई थप सशक्त पार्ने समेत क्रान्तिकारीले चेतावनी दिएको छ । 

विज्ञप्ति:


Share:
Reaction :
ताजा समाचार
खेलकुद