Media Network

निजी विद्यालयहरु अनिश्चितकालीन बन्दको घोषणा


खबरस्टोरी संवाददाता

२३ श्रावण २०८०,मंगलवार

काठमाडौँ । सरकारले प्रस्ताव गरेको नयाँ विद्यालय शिक्षा ऐन २०८० को विधेयकको चौतर्फी बिरोध भएको छ । त्यो सँग असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्।

उनीहरुले विधेयकमा समावेश गरिएका धेरै विषयमा उनीको असहमति रहेको कुरा मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै आन्दोलनको समेत घोषणा गरेका हुन्  । प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरेको हो । 

आन्दोलनका कार्यक्रम अन्तरगत साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दको घोषणा गरेका छन्। प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले आफुहरु विद्यालय बन्दको चरणमा पुग्नु अघि नै सरकारले लिखित प्रतिवद्ता मात्र आफुहरु आन्दोलनबाट पछी हट्ने बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद