Media Network

नेविसंघको प्रदर्शन – कांग्रेस सरकारमा रहँदा कुशासन किन ?


खबरस्टोरी संवाददाता

२८ मंसिर २०८०,बिहीबार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको छ । भ्रष्टाचार प्रकरणहरु बाहिर आएको भन्दै नेविसंघले आज बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

नेविसंघले कांग्रेस सरकारमै भएका बेला भ्रष्टाचार प्रकरण बाहिर आएको भन्दै नेतृत्वमाथि प्रश्न समेत गरेको छ ।

र्‍यालीमा सहभगीहरुले भ्रष्टाचारको विरुद्धका प्लेकार्ड प्रदर्शन गरेका थिए । साथै  विद्यार्थीहरूले ‘कांग्रेस सरकारमा रहँदा कुशासन किन ?’ भन्दै प्रश्न गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद