Media Network

नेविसंघले दलहरूलाई विद्यालय शिक्षा विधेयकबारे आफ्नो धारणा बुझायो


खबरस्टोरी संवाददाता

२१ आश्विन २०८०,आईतवार

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न दलहरूलाई विद्यालय शिक्षा विधेयकबारे आफ्नो धारणा बुझाएको छ । तल्ला कमिटीहरूबाट समेत सुझाव संकलन गरेर निर्माण गरेको धारणाबारे विभिन्न राजनीतिक दलहरूलाई अवगत गराएको हो।

पहिलो चरणमा नेविसंघले आफ्नै पार्टी नेपाली कांग्रेसलाई विधेयकबारेको धारणा पेश गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकको उपस्थितिमा महामन्त्री गगनकुमार थापालाई बुझाएको हो । 

विधेयकको विषयमा नेविसंघले आफ्नो धारणा तयार पारेको छ । उक्त धारणा आज सार्वजनिक गर्न लागेको छ । सोही आधारमा आफ्नो पार्टीसहित अन्य राजनीतिक दलहरूलाई समेत धारणाबारे अवगत गराउने कार्यक्रम रहेको नेविसंघले जनाएको छ । तयार पारेको धारणा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलहरूलाई समेत बुझाउनेछ ।   

आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ताहरूबाट आएको सुझावको आधारमा नेविसंघले विधेयकबारे धारणा तय गरेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद