Media Network

प्रहरीका छोराछोरीलाई सिबीएम कलेजले छात्रवृत्ति दिने


खबरस्टोरी संवाददाता

३० श्रावण २०७९,सोमबार

काठमाडौ । देशको शैक्षिक क्षेत्रमा पृथक पहिचान बनाउन सफल सिबीएम कलेजले सामाजिक कार्य अन्तर्गत नेपाल प्रहरीमा कार्यरत प्रहरीका छोराछोरीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

आईतबार नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह र कलेजका संचालक सि.ए.सुमन न्यौपाने बिच नेपाल प्रहरीका बहालवाला प्रहरी,अमर प्रहरी र पुर्व प्रहरी परिवारका सन्ततीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरी सम्झौता भएको हो । 

विद्यार्थीको चाहाना र उनीहरुको झुकावअनुसार नियमित रुपमा अतिरिक्त क्रियाकलापहरु समेत गर्दै आइरहेको कलेजले प्लस टु तहमा साइन्स, कानुन संकाय ,व्यवस्थापन संकायमा १० जनालाई पुर्ण छात्रवृत्ति दिने, त्यस्तै स्नातक तहमा बिबिएसमा ५ जना, बिबिएममा २ जनालाई, स्नातकोत्तर तह एमबिएसमा ४ जनालाई, सिएमा २ जना र एकाउन्टिगं, मार्केटिगं,कर र सेयर मार्केटिगंमा संघको सिफारिस अनुसार तालिम समेत प्रदान गर्ने भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद