Media Network

परीक्षामा लापरबाही भयो भन्दै नयाँ छानबिन समिति गठन गर्न नेविसंघको माग


खबरस्टोरी संवाददाता

८ श्रावण २०७९,आईतवार

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायका परीक्षामा लापरबाही भएको भन्दै नयाँ छानबिन समिति गठन गरी छानबिन अघि बढाउन नेपाल विद्यार्थी संघले माग गरेको छ।

व्यवस्थापन संकायको परीक्षामा भएको लापरबाही छानबिन गर्न व्यवस्थापन संकायकै प्राध्यापक राखिएकोले विश्वसनियताको प्रश्न उठेको नेविसंघले गुनासो गरेको छ ।

बिबिएतर्फ असार २२ र २४ मा भएका परीक्षा र विगतमा पनि पटकपटक परीक्षामा गैरजिम्मेवार र लापरबाहीपूर्ण कदमप्रति संलग्नलाई कारबाही गर्न नेविसंघले विज्ञप्ति निकालेर जोडदार माग गरेको छ।

असार २७ मा व्यवस्थापन संकायमा लगाएको ताला खोलेर व्यवस्थापन संकायका पदाधिकारीको कोठामा मात्रै तालाबन्दी गरिएको नेविसंघले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद