Media Network

राजधानीमा शिक्षकहरूको आन्दोलन


खबरस्टोरी संवाददाता

३ आश्विन २०८०,बुधबार

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले राजधानीमा प्रदर्शनका गरेका छन्। प्रदर्शनका कारण माइतिघर -बानेश्वर सडकखण्ड अस्तव्यस्त बनेको छ ।  राजधानीका माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन गरिरहेका हुन् । 

राजधानीका विभिन्न स्थानबाट ब्यानरसहित शिक्षकहरू माइतीघरमा भेला हुने क्रममा सवारीसाधन आवागमन प्रभावित बनेको हो । 

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् । 

महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद