Media Network

राष्ट्रिय परिक्षा बोर्डको निर्देशन : साउन मसान्तसम्म ११ कक्षाको भर्ना लिनु


खबरस्टोरी संवाददाता

१८ श्रावण २०७९,बुधबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यालयहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याउन निर्देशन दिएको छ ।

परिक्षा बोर्डले बुधवार सार्वजनिक  सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो ।  छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट बञ्चित भएको गुनासो आएको भन्दै त्यस्तो निर्देशन दिएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद