Media Network

सीबीएम कलेजले दियो आरजे–भिजे तालिम


खबरस्टोरी संवाददाता

२७ श्रावण २०७९,शुक्रबार

काठमाडौ । नेपालको शैक्षिक क्षेत्रमा सफल पहिचान बनाएको सीबीएम कलेजले विद्यार्थीहरुको सीप क्षमता अभिवृद्धिका लागि आरजे भिजे तालिम दिएको छ । डिल्लीबजारको चारखालस्थित कलेजमा आयोजित सप्ताहव्यापी कार्यक्रममा विभिन्न खालको तालिम, व्यक्तित्व अभिवृद्धि, आमसञ्चार र अन्य विषयलाई समेटेर विविध सत्रहरू समावेश थिए ।

कलेजले विषयवस्तु सहज रुपमा बुझ्नसक्ने गरी नियमित कक्षाहरुको साथसाथै अतिरिक्त्त क्रियाकलापहरु पनि गर्ने गरेको छ ।  कोर्षको पढाइ मात्रै होइन अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिँदै एक शैक्षिक सत्रमा विद्यार्थीको चहाना र उनीहरुको झुकावअनुसारका अतिरिक्त क्रियाकलापहरु कलेजले भुमिका खेल्दै आइरहेको छ ।

नितान्त फरक पृष्ठभूमिका सञ्चालकहरुबाट सञ्चालित यस कलेजले प्लस टु म्यानेजमेन्ट, साइन्समा उत्कृष्ठ नतिजा हात पार्न सफल भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद