Media Network

सहुलियतपुर्ण भाडादर माग गर्दै नेविसंघ सिन्धुपाल्चोक - काठमाडौँ सम्पर्क समितिले पूर्व अरनिको समितिलाई ज्ञापनपत्र बुझायो


खबरस्टोरी संवाददाता

२३ आश्विन २०८०,मंगलवार

काठमाडौँ। नेपाल बिद्यार्थी संघ सिन्धुपाल्चोक –काठमाडौ सम्पर्क समितिले  पूर्व अरनिको यातायात सेवालाई बिद्यार्थीहरुलाई भाडा छुट गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । 

नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य  दिपक नेपाल को नेतृत्वमा नेपाल बिद्यार्थी संघ सिन्धुपाल्चोक –काठमाडौ सम्पर्क समितिले  पूर्व अरनिको यातायात सेवा समितिका अध्यक्ष केदार छेत्री लाई   आउदै गरेको विजया दशमी तथा  शुभ दिपावलीमा  घर जाने बिद्यार्थीहरुलाई भाडामा  सहुलियत दिन  ध्यानाकर्षण गराएको हो ।

यातयात व्यवसाय र विद्यार्थी संठगन बीच ४५ प्रतिशत भाडा छुट दिइने सहमति भएता पनि अहिले सहमति कार्यान्वयन नभएको भन्दै उक्त सहमति अनुरुप विद्यार्थी भाडामा छुट गर्न माग गरेको  हो ।

समितिका अध्यक्ष क्षेत्रीले विद्यार्थीले विद्यार्थी परिचयपत्र देखाएर काउन्टरबाट टिकट लिदा सहुलियतपूर्ण भाडादरमा टिकट दिने प्रतिवद्दता गरेका छन् । उनले भने 'विद्यार्थी भन्दा सबै विद्यार्थी कार्ड बोकेर आउदा समस्या हुन्छ तर काउन्टर मै आएर टिकट काटेको खण्डमा भने सहुलियतप्रर्ण भाडादर नै लागू गिरन्छ  । '

Share:
Reaction :
ताजा समाचार
खेलकुद