Media Network

सिन्धुपाल्चोकमा स्ववियु निर्वाचन : क्रान्तिकारी ४, अनेरास्ववियु /नेविसंघ( तीन/तीन) क्याम्पसमा विजयी


खबरस्टोरी संवाददाता

६ चैत्र २०७९,सोमबार

सिन्धुपाल्चोक । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मतदान र निर्विरोधसहित १० क्याम्पसहरुको मत परिणाम सार्वजनिक भएको छ । १२ क्याम्पस मध्ये २ क्याम्पसमा भने निर्वाचन प्रक्रिया नै सुरु भएको छैन ।

१० क्याम्पस मध्ये ५ क्याम्पसमा यसअघि नै निर्विरोध नेतृत्व चयन भइसकेका छन् । ५ क्याम्पसमा भने आज मतदान भएको थियो । हालसम्म चार क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले सभापति हात पारेको छ भने अनेरास्ववियु र नेविसंघले तीन/तीन क्याम्पसको नेतृत्व हात पारेका छन् ।

चौतारा बहुमुखी क्याम्पस, ककलिङ क्याम्पस, जलविरे क्याम्पस र जुगल क्याम्पसमा क्रान्तिकारीले सभापतिमा जित हासिल गरेको छ ।

त्यस्तै, अनेरास्ववियुले सुनकोशी क्याम्पस,मेलम्ची भ्याली र इन्द्रावती क्याम्पसमा सभापतिमा जित हासिल गरेको छ । नेविसघले अरनिको कलेज,ठोकर्पा बहुमुखी क्याम्पस र सिन्धु भ्याली क्याम्पसमा सभापतिमा जित हासिल गरेको छ । अन्य दुइ क्याम्पसहरुमा भने पछि मात्रै स्ववियु निर्वाचनको प्रक्रिया सुरु हुने क्याम्पसहरुले जानकारी दिइएको छ ।

केही क्याम्पसहरुमा अनेरास्ववियु र क्रान्तिकारी बिच तालमेल भएको थयो भने एउटा क्याम्पसमा नेविसघ र अनेरास्ववियु बिच तालमेल भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद