Media Network

सुदूरपश्चिम विश्वविद्यालयमा तीनदिने फिल्म फेस्टिभल हुदै


खबरस्टोरी संवाददाता

१५ बैशाख २०८०,शुक्रबार

कैलाली । आजदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुने भएको छ । नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणको फेस्टिभल सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो ।

नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रबारदेखि तीन दिनसम्म महोत्वस हुन लागेको जानकारी दिएको छ । नेपाल युरोपियनका उपराजदूत डा जोलीले फिल्म महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन हुदैछ ।

महोत्सवमा निःशुल्क सहभागी जोसुकैले हेर्न पाउने छन् ।

महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेको इमादज चाइल्डहुड (स्वीडेन, लाटभिया, इराक) प्रदर्शन हुनेछन् ।

त्यस्तै इग्नस जोनसको निर्देशन रहेको इनभिजिवल (लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन), डेभिड फ्रेनको निर्देशन रहेको डेटिङ अम्बर (आयरल्यान्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेको मित्र (नेदरल्यान्डस्) प्रदर्शन हुनेछ भने टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्म पनि प्रदर्शन गरिनेछ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद