Media Network

स्ववियु चुनाव चैत ५ मा गर्ने त्रिवि विद्यार्थी कल्याण परिषद्को निर्णय


खबरस्टोरी संवाददाता

२१ पुष २०७९,बिहीबार

काठमाडौं । विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउने निर्णय गरेको छ ।

आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले त्रिवि स्ववियु चुनाव चैत ५ गते गराउने निर्णय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए । भोलि त्रिविको कार्यकारी बैठक बस्दैछ । उक्त बैठकले निर्णय अनुमोदन गर्नेछ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले निर्वाचन सम्बन्धी कार्यक्रम तीनदिन भित्रमा सार्वजनिक गर्न लागेको उनले बताए ।

२०६५ देखि नियमित हुन सकेको थिएन ।   १४ वर्षपछि हुन लागेको चुनावले १४ वर्षपछि त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद