Media Network

शिक्षक आन्दोलन तेस्रो दिन : सडकमा प्रदर्शनसँगै नाचगान


खबरस्टोरी संवाददाता

५ आश्विन २०८०,शुक्रबार

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ ।

त्यो माग पूरा गर्न भन्दै शिक्षकहरूले ३ असोजदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

आज शुक्रबार तेस्रो दिन पनि उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । माइतीघरमण्डलमा जम्मा भएर शिक्षकहरुले नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै छन् ।

प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगान समेत गरेका छन् ।

उनीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ । जसका कारण यात्रुलाई सास्ती भएको छ ।

आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान दुई चरणमा मन्त्रीहरुसँग छलफल गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद