Media Network

शिक्षक सेवा लाइसेन्सको नतिजा प्रकाशित


खबरस्टोरी संवाददाता

४ श्रावण २०७९,बुधबार

काठमाडौं । माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगका अनुसार देशभरबाट परीक्षा दिएका मध्ये २३ हजार ७२ जना उत्तीर्ण भएका छन् । 

आयोगका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन् । बागमतीमा १ सय ८ जनाको परीक्षा रद्द गरिएको छ । 

यस्तै, प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन् । प्रदेश १ मा ४३ जनाको परीक्षा रद्ध गरिएको छ ।  

मधेश प्रदेशमा १७ सय २० जना उत्तीर्ण भएका छन् । ९६ जनाको परीक्षा रद्ध गरिएको छ । 

गण्डकी प्रदेशबाट २६ सय ४५, लुम्बिनीबाट ३९ सय ७३, कर्णाली प्रदेशबाट १६ सय ४६ र सुदूरपश्चिमबाट दुई हजार ६१ जना उत्तीर्ण भएका छन् । 

आयोगका अनुसार गण्डकीमा ३६, लुम्बिनीमा ६५, कर्णालीमा ३९ र सुदूरपश्चिममा ५२ जनाको परीक्षा रद्द भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद