Media Network

शिक्षकहरु किन आन्दोलनमा उत्रिए?


खबरस्टोरी संवाददाता

३ आश्विन २०८०,बुधबार

काठमाडौँ।विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले राजधानीमा आन्दोलनमा उत्रिएका छन्।आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् । 

किन आन्दोलनमा उत्रिए?

नेपाल शिक्षक महासङ्घले विभिन्न १८ बुँदे असहमति जनाउँदै आन्दोलनमा उत्रिएका हुन्।शिक्षा विद्दान तथा प्रविधि मन्त्रालयले वातर्तको लागि महासङ्घलाई आह्वान गरता पनि मासङ्घले वार्ताको कुनै औचित्य नरहेको भन्दै आन्दोलनमा होमिएको हो ।

महासङ्घले अस्थायी प्रकृतिका शिक्षकलाई विगतका सहमतिका आधारमा स्थायी गनुपर्ने , विद्यालय कर्मचारीको दायित्व संघीय सरकारले वहन गनुपर्ने र शिक्षक तालिमाको लागि शिक्षण काउन्सिलको व्यवस्था गर्नुपर्ने जस्ता माग राख्दै आएको छ। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद