Media Network

शिक्षकको पिटाईबाट विद्यार्थी घाइते


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

रूपन्देही । बुटवलको दीप बोर्डिङ स्कुलका एक शिक्षकले कक्षा १० मा अध्ययनरत् विद्यार्थी शिक्षकको पिटाईबाट घाइते भएका छन् ।कम्प्युटर शिक्षक एकराज गुरागाईँले छात्र जेनित रायमाझीलाई अनुहारमा कुटपिट गरेका हुन् ।


घाइते जेनितलाई अभिभावकले लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालिमा उपचार गराएका छन् । अभिभावकका अनुसार बंगारामा असर परेको भन्दै जेनितलाई १५ दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन् ।

तिलोत्तमा– ५ घर भएका जेनितले कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले गालामा चट्कन हानेको जेनितकी आमा चन्दाले बताइन् ।
यसअघि पनि छोरालाई शिक्षकले पटकपटक कुट्ने गरेको उनको दाबी छ ।

‘घटनाबारे बुझ्न खोज्दा मलाई प्राचार्य टीकाराम न्यौपानेले उल्टै थर्काउनुभो’, उनको गुनासो छ ।

विद्यार्थीमाथिको कुटपिटबाट मनोवैज्ञानिक त्रासमा परेको अभिभावकहरूले बताएका छन् ।

प्राचार्य टीकाराम न्यौपानेले भने आफूलाई पनि विद्यार्थीलाई कुटपिट भएको जानकारी आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद